सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य उकालो लागेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलमा १ हजार रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको मूल्य एक हजारले बढेसँग बजारमा प्रतितोला ९७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाइी महासंघले जानकरी दिएको छ ।

बिहीबार सुनको मूल्य तोलाको ९६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

बिहीबार चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।शुक्रबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.