जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा ग्राउण्डेड गरिएको बताए ।

उनले भने, “जहाज सकुशल अवतरण भएको छ, जहाजमा ‘बर्ड स्ट्राइक’ भएको छ, जहाजमा केही रगतका छिटा जस्ता पनि देखिएका छन्, चरा भेटिएन, कतै चरा इञ्जिनमा छिरेको आशङ्काले प्राविधिक टोली आएर जाँच गरेपछि जहाज उडाइनेछ ।”

footwear zone

यस विषयमा अहिले अनुसन्धान भइरहेको बताइएको छ । उक्त जहाजमार्फत कुवेत हुँदै विभिन्न मुलुक जान विमानस्थल पुगेका यात्रुलाई जहाज कम्पनीले होटलमा राखेको बताइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त जहाजमार्फत भैरहवा-कुवेत जाने यात्रुको सङ्ख्या ३८ छ । उक्त कम्पनीले यही जेठ २ गतेदेखि उक्त विमानस्थलबाट नियमित उडान सुरु गरेको हो ।

You might also like

Comments are closed.