सामाजिक सञ्जाललाई कर र कानुनको दायरामा ल्याइने

 

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई कर र कानुनको दायरामा ल्याउने भएको छ । आज संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सुनाइन् ।

यस्तै, सरकारले काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। पूर्व–पश्चिम रेलमार्ग आयोजना विकासको पूर्व तयारी, रसुवागढी काठमाडौं, वीरगन्ज काठमाडौं तथा काठमाडौंमा मेट्रो रेल मार्गको विस्तृत अध्यनन गर्ने घोषणा गरिएको हो ।

footwear zone

त्यस्तै, बुढीगण्डकी जलविद्युत् आफ्नै लगानीमा निर्माण गर्ने नीति लिएको सरकारले हरित ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ । विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्दै चार्जिङ स्टेशन निर्माण गरिने सरकारको लक्ष्य छ । विद्युत् खपत बढाउन र खाना पकाउने ग्यासलाई विस्थापन गर्न विद्युत् महशुललाई पुनरावलोनकन गरिने सरकारले जनाएको छ ।

You might also like

Comments are closed.