फेरि बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँको कति ?

 

काठमाडौं । सरकारले अन्तरप्रदेशमा सञ्चालित सार्वजनिक सवारीको भाडादर फेरि बढाएको छ । आज यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले भाडादर बढाएको हो ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.७ प्रतिशतले बढ्दा तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ३ प्रशितले बढाइएको छ ।

footwear zone

योसँगै अब सबैभन्दा लामो दूरी नेपालगञ्जदेखि काकडभिट्टासम्मको भाडदार २ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ । यसअघि उक्त रुटको भाडादर २ हजार २ सय ९० रुपैयाँ थियो ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा ५ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडादर कायम गरिने सरकारको नीति छ। वृद्धि भएको भाडा आजैदेखि नै लागू भएको छ। यसअघि जेठ चार गतेदेखि लागू हुने गरी भाडादर बढेको थियो।

You might also like

Comments are closed.