डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने

 

काठमाडौं । सरकारले डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिने उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा औषधि उपचारका क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइने, स्वास्थ्य सङ्ख्या, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानूनी व्यवस्थालाई थप बलियो बनाइने उल्लेख गरिएको छ ।

footwear zone

यस्तै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिने, सबै अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी एकै विन्दुबाट सेवा प्रदान गरिने तथा पाँच वर्षदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने सरकारको नीति तथा कार्यक्रममा रहेको राष्ट्रपति भण्डारीले जानकारी दिइन् । यसैगरी जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.