काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको निम्ती हो भने, बाँकी दुई स्मार्ट वाचहरु हुन् ।
लन्च कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, “हामी सधैँ सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु उपभोक्ता माझ ल्याउन प्रयासरत छौँ । हामी चाहन्छौँ हाम्रा उपभोक्ताहरुको लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादनहरु दिन सकौँ ।

उक्तउत्पादनहरुको बारेमा थपब ोल्दै पंडाले भने, “शाओमी एस् वान एक्टिभ फिट्नेसमा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ ।
यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको छ । नर्मल मोडमा १२ दिन र ब्याट्रि सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ पनि छ । खेल प्रेमीहरुको लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जिपि एसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ, जसले गर्दा ठेगानाहरु छिटो र सहि रुपमा ट्र्याक हुन्छ ।
यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ, जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटुको चाल पनि रेकर्ड गर्दछ । वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।
त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ । यि क्यामराहरुले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन्, जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ । साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचरले जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ ।
यसमा ३२ जिबिसम्मको स्टोरेज छ । र, यसलाई घरको जुनसुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ । शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मूल्य नेपाली रुपैँया २२ हजार ९९९ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मूल्य रु ६ हजार १९९ रहेको छ ।
त्यस्तै मीहोम सेक्युरिटी क्यामरा ३६० को मूल्य रु ४ हजार ४९९ रहेको छ ।र, यी तीनवटै उत्पादनहरु नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमाउपलब्ध छन् ।




Comments are closed.