‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुँदै

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको हो ।

यहि जेठ १३ देखि १५ गते (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाउने छन् । बुधबार एक पत्रकार सम्मेलनको आयोजित गर्दै महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र आयोजक समितीका संयोजक तथा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले जर्सी सार्वजनिक गरेका थिए ।

footwear zone

क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पारेका थिए । उक्त सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए ।

लिग कम नकआउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलाइने छ । सहभागी १६ टोलिलाई ४ वटा समहमा विभाजन गरिनेछ, जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर/ब्याट्सम्यान, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृस्ट खेलाडीहरुलाई विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक फेसबुक पेज तथा युटृयुब च्यानल र विकेट नेपालमार्फत हुनेछ ।

२८औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको बैंकले जनाएको छ ।

साथै बैंकले ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्ग निर्देशनको लागि कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सम्पूर्ण नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.