८ अंकले बढ्यो नेप्से, कारोबार १ अर्व पनि पुगेन

लगानीकर्ता नयाँ बजेटको प्रतिक्षामा

 

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से आज ८ अंकले बढेको छ । बुधबार १४ दशमलव ३७ अंकले बढेको नेप्से आज ९ दशमलव ३ अंकले बढेर २२ सय ३९ दशमलव ६० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले बढेर चार सय ३६ दशमलव ४७ अंकमा पुगेको छ ।

नेप्सेमा समान्य वृद्धि भएपनि आज कारोबार रकम भने एक अर्बभन्दा तल झरेको छ। आज दुई सय २२ वटा कम्पनीको २३ लाख २४ हजार कित्ता सेयर ८८ करोड ९८ लाख रुपैयाँमा कारोबार भएको छ। आज सबैभन्दा धेरै मेगा बैंकको पाँच करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने नारायणी विकास बैंकको सेयर पनि ६ प्रतिशतले बढेको छ ।

footwear zone

आज बैंक, व्यापार, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । विकास बैंक, जलविद्युत्, होटल र अन्य समूहको सेयर भने घटेको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त कम्पनीको सेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।

 

You might also like

Comments are closed.