मनाङ । औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा संकलनका लागि खर्कमा पुगेका संकलक फर्किएका हुन् ।
हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा संकलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौँ”, उनले भने ।
नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा संकलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताए । दैनिक नौ-दशवटा यार्सागुम्बा संकलन गर्न सकिने उनले बताए । “एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा संकलनका लागि मनाङ आएका हौँ ।

लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले लिने र चार जनाका लागि रु साढे चार लाख खर्च गरेको छ”, उनले भने, “पिसको रु ४०० मा ठेकेदारले लिन्छन् । पूर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु । गत वर्ष भने घाटा भएको थियो ।”
डेढ महिनामा २०० यार्सागुम्बा संकलन गरेको उनी बताउँछन् । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उनले बताए । यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताए ।
सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा संकंलन गर्न सकस भएकाले बेँसी फर्कीएको उनी बताउँछन् ।आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा संकलन गर्ने गरेको तामाङले बताए ।
धादिङका १९ जनालाई यार्सागुम्बा संकलन गर्नका लागि ठेकेदारले रु ४२ लाख पूर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताए । हालसम्म ५२० यार्सागुम्बा संकलन गरेको उनले बताए ।
ठेकेदारले यार्सागुम्बा संकलकलाई प्रतिगोटा रु ४०० दिने गरेको एसुले बताए । यार्सागुम्बा संकलन गरी भएको आम्दानीले घरपरिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उनीहरू बताए ।
तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङ बताउँछन् । “ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा रु ४०० दिन्छ । खर्कमा नै ठेकेदारले लैजाने र रकम लिन्छौँ”, रोहितले भने ।
केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् ।
विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ । औषधिजन्य जडीबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो ।
बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा संकलनका लागि जिल्लावासीमात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।
नाम्केखर्कबाट सुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा संकलन कार्य सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उ
नका अनुसारको पहिलो हप्तासम्म औषधिजन्य जडीबुटी संकलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी संकलन गरी बेँसीतर्फ यार्सागुम्बा संकलन फर्किने छन् ।
मनाङवासीले यहाँको नागरिकता वा बसाइँसराइ भएमा बसाइँसराइको प्रमाणपत्र समितिमा संलग्न राखी यार्सा संकलन पूर्जी दिनेछ । संस्थामार्फत यार्सा संकलन गरिँदै छ भने आर्थिक वर्ष २०७७/७८ का लागि दिइएको संकलन पूर्जी उपलब्ध गराउने उनले बताए ।
यार्सा संकलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकतानुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उनले बताए ।
यार्सागुम्बा संकलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताए ।
उनका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकले १० वटा यार्सागुम्बामा एकवटा यार्सागुम्बा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।
मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचयपत्र ९मोबाइलमा भए पनि खोपकार्ड० लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ ।
यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो ।
यस वर्ष जडीबुटी संकलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा संकलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म संकलन गर्न दिने निर्णय भएको छ ।




Comments are closed.