काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले चुनाव जितेकै दिनदेखि सक्रिय भएका छन् । आज पहिलो दिननै उनले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरि समस्याको बारेमा बुझ्ने प्रयास गरेका छन् ।
नवनिर्वाचित मेयर शाहले काठमाडौंको फोहोरको समस्या दीर्घकालीनरुपमा समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने बताएका छन् । साथै उनले आफूले गरेको प्रतिवद्धता पूरा नहुन्जेल अन्तर्वार्ता समेत नदिने बताएका छन् ।
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषय प्रमुख चुनौतीको विषय हो । काठमाडौं महानगरको फोहोर उपत्यकाको फोहोर सिस्डोल र बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आउकोमा पछिल्लो समय त्यहाँका स्थानीयले फोहोर व्यवस्थापनमा बारम्बार अवरोध गर्दै आएका छन् ।

पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको छ ।




Comments are closed.