काठमाडौंदेखि भोटेचौरसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौर सम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्यरुपमा सम्पन्न गरेको छ ।

जेष्ठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड शोरुमबाट शुरु भएर बालकुमारी , तिनकुने एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्ट सम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरु बीच एकतामुलक विभिन्न गेम हरु खेलाइएको थियो १ उनिहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो ।

राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरु का साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग कोउपस्थिति थियो साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी , प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकार हरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए। टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।

footwear zone

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्ष्याको जानकारीका साथै राइडर ले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राविधिक टिमले दिएको थियो । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्रीलाई निरन्तरता दिदै यो राइड आयोजना गरिएको हो ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए ।

 

You might also like

Comments are closed.