उच्च क्षमताका विद्युतीय सवारीमा लगाइएको भन्सार महशुल सच्याउन नाडाको माग

काठमाडौं । उच्च क्षमताका विद्युतीय सवारी साधनमा लगाइएको भन्सार महशुल सच्याउन सवारीसाधन बिक्रेताहरुको संघ अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले माग गरेको छ । संघले आज एक सूचना जारी गर्दै सरकारले ल्याएको बजेट ज्यादै सराहनिय भएको बताउँदै उच्च क्षमताका विद्युतीय सवारी साधनमा लगाइएको भन्सार महशुल भने सच्याउन आग्रह गरेको हो ।

‘सरकारले आयात प्रतिस्थापन गर्ने मूख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्यअनुरुप सवारी साधन एसेम्बल उद्योगलगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने लिएको नीति निकै सराहनिय छ ।

तर, बजेटले १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतिय सवारी साधन तथा २०० सिसिभन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा जुन किसिमले अन्तःशुल्क तथा भन्सार महशुलमा बृद्धि गरिएकोे छ, त्यसले उच्च किलोवाट क्षमता भएका विद्युतिय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफनो व्यवसाय सञ्चालन गर्न कठीन मात्र होइन व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने देखिन्छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

footwear zone

बजेटले सवारी साधन खरिद गर्न चाहनेहरुले मात्र अनिवार्य रुपमा पिएएन कार्ड लिएको हुनु पर्ने व्यवस्था गरेको बताउँदै संघले यस्तो व्यवस्था सवारी साधन खरिद गर्न चाहनेहरुका लागि मात्र लागु गर्नुपर्ने जनाएको छ ।

You might also like

Comments are closed.