काठमाडौं । नगेन आर्ट एकेडेमीको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ९ दिनसम्म संचालन भएको नेशनल फाईनआर्ट प्रदर्शनीको समिक्षा एंव सुचि पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
यही जेष्ठ ६ देखि १५ गतेसम्म संचालन भएको सो फाइनआर्ट प्रदर्शनी कार्यक्रम पोखराको चिप्लेढुङ्मामा अवस्थित घामपानी मार्केटभित्र रहेको एकेडेमीको आफ्नै हलमा आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल नाटक तथा संगित प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले दिनभर साहित्य र संगितका तीन–चार वटा कार्यक्रममा गएर थकित हुँदै आएको समयमा चित्रकला हेर्दा दिनभरको थकान मेटिएको बताउँदै वरिष्ठ कलाकारदेखि बाल कलाकार सबैको चित्रकला एकै ठाउँमा हेर्न पाउँदा आन्नद र रमाईलो महसुस भएको बताए ।

उनले अभावका बाबजुद नगेन आर्ट एकेडेमीले मेहेनतका साथ फाईनआर्ट प्रदर्शनी कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको भन्दै उक्त कार्य प्रसंशसनिय भएको बताए । उनले यस प्रर्दशनी कार्यक्रमले नवोदित कलाकारहरुलाई पनि समेटेर उनिहरुको कलालाई स्थान दिएर हौसला प्रदान गरेको पनि जनाए ।
उनले राजधानी बाहिर केहि गर्ने उद्देश्यले खोलिएको एकेडेमीको सफलताको कामना गर्दै पोखरामा अरु विधाका कार्यक्रमहरु भईरहेको अवस्थामा यसरी चित्रकलाको पनि आफ्नो छुट्टै कार्यक्रम आयोजना भएको देख्दा अत्यन्त खुशी लागेको पनि बताए । प्रर्दशनीमा सात प्रदेशका १४ जिल्लाका ५१ जना कलाकारका १ सय १ कलाकृतिहरु रहेका थिए ।




Comments are closed.