कामना सेवा विकास बैंकद्वारा Entrepreneurship Development Program

काठमाडौं । कामना सेवा विकास बैंकले Entrepreneurship Development Program को सहभागीहलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

Entrepreneurship Development Program कायक्रम सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेबाट सहभागीहरुलाई  प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी  घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

footwear zone

बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।

अन्तरप्रेरणासंगको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको उद्देश्यका साथ Entrepreneurship Development Program सञ्चालन गरिएको थियो ।

You might also like

Comments are closed.