फेन्सी तथा रेडिमेड व्यवसायी संघको रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन

पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ ,पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एकनारायण पनेरुले जानकारी दिए । नेपाल उद्योग व्यावसायि महासंघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिब बहादुर कोइरालाको प्रमख अतिथ्यतामा कार्यक्रम भएको हो ।

२४ कालिक गण मालेपाटन पोखराका DSP उपेन्द्र बस्याल, पोखराउद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे, क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख तथा प्राविधिक अर्जुन ज्ञवाली, संस्थाका संस्थापक अध्यक्ष,पुर्वअध्यक्ष, निर्वतमान अध्यक्ष, कार्यसमितिका पदाधिकारी एवं सदस्य लगाएत उपस्थित रहेका थिए ।

footwear zone

रगतको अभावको सृजना पछि त्यसलाई सहज बनाउनको लागि रक्तदान कार्यक्रम गरीएको फेन्सी तथा रेडिमेड व्यवसायी संघ,पोखराकाअध्यक्ष राजु पौंडेलले बताए ।

कार्यक्रमको सञ्चालन महासचिव नारायणी दवाडीले गरेकी थिइन् ।

You might also like

Comments are closed.