स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख सहायता प्रदान

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख ३६ हजार सहयोग प्रदान गरेको छ ।

किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ ।

परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १ सयभन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ । यसको कार्यान्वयन पक्षको जिम्मा शेक्वेल फाउण्डेसनले लिएको छ ।

footwear zone

यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल ‘फ्यूचर्स मेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड’ संग मिल्दोजुल्दो छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ प्रमुख प्रनु सिंहले ओपन नलेज नेपालका सिइओ निकेश बलामीलाई हस्तान्तरण गरेकी थिइन ।

रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सिंहले भनिन्, ‘विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षि लागेको छ ।’

You might also like

Comments are closed.