सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीको व्यवस्था हटाउन माग

 

काठमाडौं । भिन्न व्यापार संघले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानी गनुपर्ने व्यवस्था हटाउन माग गरेका छन् । राष्ट्रिय व्यापार संघ, नेपाल व्यापार संंघ, एकता व्यापार संघ, रञ्जना व्यापार संघ, आरबी कम्प्लेक्स व्यापार संंघ, भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघले आज संयुक्तरूपमा विज्ञप्ति जारी गरी सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानी गनुपर्ने व्यवस्था हटाउन माग गरेका हुन् ।

नेपाल व्यापार संघका महासचिव वैकुण्ठ दाहालले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीपश्चात् मात्र सामान ढुवानी गर्ने एकतर्फी निर्णय अव्यावहारिक भएको बताए । “उक्त निर्णय व्यावसायिक मूल्यमान्यताविपरीत छ, यसलाई तत्काल सच्याउनुपर्छ”, उनले भने ।

footwear zone

उनले व्यावसायिक मूल्यमान्यताविपरीत र ढुवानीको प्रचलित कानूनविपरीतको कार्य भएको हुँदा यसलाई तुरुन्त सच्याएर व्यावहारिक निर्णय गरी व्यावसायिक वातावरण सहज र सरल बनाउन आग्रह गरे । यस्तै व्यापार संघले आफ्नो संस्थामा आबद्ध व्यवसायीलाई समस्या समाधान नहुञ्जेलसम्म आफ्नो सामान ट्रान्सपोर्टमा नपठाउन अनुरोध गरेको छ ।

You might also like

Comments are closed.