सरकारले सिंहलाई आईजीपी बढुवा गरेपछि दुई सिनियर एआईजी अदालत जाने तयारीमा

काठमाडौं ।आज बसेको मन्त्रिपरिषद्को बैठकले धिरज प्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि दुई सिनिय प्रहरी अतिरिक्त महानिरीक्षकले अदालत जाने तयारी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।

पोखरेलनिकट स्रोतका अनुसार उनीहरु अदालत जानेबारे छफलल भइरहेको जानकरी दिएका छन् । पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए ।

footwear zone

त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

 

 

You might also like

Comments are closed.