‘ऐना युनिसेक्स सलोन’ तेस्रो वर्षमा प्रवेश

काठमाडौं । युवा उद्यमी खुसी पाठकद्वारा सञ्चालित ‘ऐना युनिसेक्स सलोन’ तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७८ साउन २९ गते ब्ल्युबर्ड मल थापाथलीमा स्थापना भएको सलोन छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ ।

दोस्रो वार्षिकोत्सवको अवसरमा सञ्चालक पाठकले सम्पूर्ण सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक लगायत सम्पूर्णमा आभार व्यक्त गरेकी छन् । आगामी दिनमा सेवामा अझै बढी दत्तचित्त भएर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सैलुनमा हेयर कट, हेयर कलर, हेयर केराटिन, हेयर स्ट्रेट, फेसियल, मेनिकेयर, पेडिकेयर, मेकअप, ब्राइडल प्याकेज लगायत सैलुनमा हुनुपर्ने सबै सेवा उपलब्ध रहेको पाठकले जानकारी दिइन् । ‘हेयर स्पा, फुट स्पा लगायत सेवा पनि उपलब्ध छ,’ उनले भनिन् ।

footwear zone

यसैबीच, आज वार्षिकोत्सवको अवसरमा कलाकार दीपाश्री निरौलाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुने बताइएको छ । ‘सलोनमा एक पटक भिजिट गरेर हामीलाई आवश्यक सल्लाह, सुझाव दिएर अझै राम्रोसंग सेवा गर्ने मौका दिनुहुनेछ भन्ने विश्वासमा छौं,’ पाठकले भनिन् ।

You might also like

Comments are closed.