‘ऐना युनिसेक्स सलोन’ले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं । ‘ऐना युनिसेक्स सलोन’ले दोस्रो वार्षिकोत्सव मनाएको छ । सोमबार सलोनको वार्षिकोत्सव मनाइएको छ । कलाकार दीपाश्री निरौला, चलचित्र निर्माता मदनदाष श्रेष्ठ, कलाकार निर्मल शर्मा लगायतको उपस्थितिमा केके काटेर शुभकामना आदानप्रदान गरी वार्षिकोत्सव मनाइएको हो ।

सलोन स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चालक खुसी पाठकले सौन्दर्य व्यवसायलाई आफूले नयाँ सोच र शैलीबाट सञ्चालनमा ल्याएको बताइन् । ‘२ वर्षसम्म साथ दिने सम्पूर्ण सेवाग्राहीप्रति आभारी छु,’ उनले भनिन् । ब्ल्युबर्ड मल थापाथलीमा रहेको सलोन छोटो समयमा लोकप्रिय हुन सफल भएको उनले भनाइ छ ।

footwear zone

कार्यक्रममा बोल्दै कलाकार निरौलाले युवा तथा महिला उद्यमीले सलोन सञ्चालन गर्नु र सफलता पाउनु प्रशंसनीय रहेको बताइन् ।

सैलुनमा हेयर कट, हेयर कलर, हेयर केराटिन, हेयर स्ट्रेट, फेसियल, मेनिकेयर, पेडिकेयर, मेकअप, ब्राइडल प्याकेज लगायत सैलुनमा हुनुपर्ने सबै सेवा उपलब्ध रहेको पाठकले जानकारी दिइन् । ‘हेयर स्पा, फुट स्पा लगायत सेवा पनि उपलब्ध छ,’ उनले भनिन् ।

You might also like

Comments are closed.