नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, कार्यसमितिमा आरसीलाई सर्वाधिक मत

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा एएनएस क्रियसनका सुदीप थापा निर्विरोध निर्वाचित भएका छन् ।

२४औं साधारण सभाले थापाको नेतृत्वमा आनको नयाँ कार्यसमिचि निर्वाचित गरेको हो ।

प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्वितीय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पंकजलाल प्रधान निर्विरोध भए । महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पोजका कृष्णप्रसाद घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का र सहकोषाध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध भए । कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठ चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् ।

footwear zone

कार्यसमिति सदस्यमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’ ले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् । उनले ६१ मत प्राप्त गरे ।

त्यस्तै कार्यसमितिमा एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल, मेक वेजका विधान राजभण्डारी, रेडियो लिंकका रोशन पौडेल, मार्सका मनिस अधिकारी, भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल,  रोशन रेग्मी (आरसी) निर्वाचित भएका छन् ।

संघका पदाधिकारी तथा सदस्यहरुले आइतबार नै शपथ ग्रहण गरेका छन् ।

You might also like

Comments are closed.