काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । वित्तीय संस्थाको हालै सम्पन्न १०९औं बोर्ड बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त भएका हुन् ।
नियुक्त भएका शर्माले जिम्मेवारी सम्हालिसकेका छन् । संस्थाका अध्यक्ष जगत पोखरेलले प्रमुख कार्यकारी अधिकृत शर्मालाई पदस्थापन गराएका छन् ।
शर्मा यस अगाडि एनआइसी एसिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।






Comments are closed.