घाटा कम गर्न खानेपानीबाट नयाँ कामको थालनी गर्छौं : खानेपानी मन्त्री खान

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले सरकारको घाटा कम गर्न खानेपानीबाटै नयाँ कामको थालनी गर्ने बताएका छन् । काभ्रे जिल्लामा अवस्थित नेपाल खानेपानी संस्थान मिनरल वाटर आयोजना पनौती पुगेर निरक्षण गर्दै मन्त्री खानले उक्त कुरा बताएका हुन् ।

सरकारी आयोजना घाटामा जादा देशमा थप आर्थिक भार पर्ने बताउँदै खानले नाफा मुलक कम्पनीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । साथै उनले सरकारको लगानीमा हरेक वर्ष घाटा मात्र हुँदै जाने अवस्थालाई निरूत्साहित गर्न पनि निर्देशन दिए ।

सरकारले उत्पादन गरेको खानेपानीको जार प्राइभेट कम्पनी भन्दा महंगो हुदाँ उपभोक्ता प्रत्यक्ष मारमा परेको भन्दै मन्त्री खानले लागत कम गर्दै उत्पादन वृद्धि गर्न निर्देशन दिए ।

footwear zone

मन्त्री खानले खानेपानी मन्त्रालायबाट यो आयोजनालाई नाफा मुलक अवस्थामा लैजान तत्काल अघि बढ्ने जानकारी दिए । नेपाल खानेपानी संस्थान मिनरल वाटर २०७४ देखि सञ्चालनमा आएको हो। यो आयोजना उत्पादन सुरू भएदेखि नै घाटामा सञ्चालन भइरहेको कर्मचारीहरुले बताएका छन् ।

आयोजनामा लागत भन्दा उत्पादन कम भएकाले हरेक वर्ष करिब ५० लाख घाटा हुँदै गएको छ। उत्पादित खानेपानीको माग राम्रो भए पनि उत्पादन क्षमता बढाउन नसक्दा दैनिक तिन सय पचास जार मात्रै उत्पादन हुँदै आएको छ ।

You might also like

Comments are closed.