काठमाडौं । नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना गरेको छ ।
कलेजकै प्राङणमा सम्पन्न भएको ह्याकथन अहिलेसम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ । ह्याकथनमा उपत्यकाभित्र र बाहिर गरी १ सय भन्दा बढीको सहभागीता थियो । ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग गरेका छन् ।
इभेन्ट लिड प्रज्वल श्रेष्ठले भने, “विभिन्न क्षेत्रका युवा प्रतिभाहरुको क्षमता र समस्या समाधान गर्नको लागि उनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकरात्मक परिवर्तन ल्याउनेछ । हामीले गर्नैपर्छ र हामीले नै गर्न सक्छौँ भने उनीहरुको मनोबल वास्तवमै प्रशंसनीय छ । उनीहरुको उत्साहजनक सहभागिताले पक्कै पनि ह्याकथनलाई वास्तवमै सफल बनाएको छ ।”

त्यस्तै एस् इग्नाइटका मेन्टर मध्यका एक बेन्जिन दाहालले भने, “विद्यार्थीहरु वास्तविक समस्याहरु समाधान गर्नका लागि एउटै प्ल्याट्फर्ममा आएर उनीहरुले गरेको सहकार्य सराहनीय छ । ह्याकथनको सबैभन्दा राम्रो कुरा भनेको उनीहरु आफ्नो इनोभेसनमा मात्र सिमित नभइ त्यो इनोभेसन आवश्यक हुने ठाउँमा पुर्याउन पनि उत्तिकै प्रयासरत थिए ।’
त्यस्तै प्रमुख अतिथि शाओमीका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले युवाहरु आफैले नेतृत्व लिएर युवाहरुकै लागि आयोजना गरेको ह्याकथनमा सहभागी हुन पाएको भन्दै खुशी व्यक्त गरे ।
एस् इग्नाइटमा टिम यारसका युनिका बज्राचार्य, अनुज छेत्री, अश्मित रजौरे, रुजल आचार्य, सुबन श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् ।
त्यस्तै, दोश्रो स्थानमा टिम पि एन पिका बंशज पौडेल, नदिका पौडेल, क्रिश्बिन पौडेल, महिमा ढकाल रहेको छन् । तेश्रो स्थान टिम टेली टबिज सुगम पौड्याल, रोशिश श्रेष्ठ, सिमोन प्रधानाङ्ग, समिर श्रेष्ठ, आयुश राज पाण्डेले जितेका छन् ।




Comments are closed.