काठमाडौं । आगामी भदौ १८ गते हुने नेपाल चार्टर्ड एकाउण्टेन्टस् संस्था (ICAN)को नवौं परिषदको निर्वाचनमा नेपाल अडिटर्स एशोसियसन (अडान)का आधिकारिक उम्मेदवार केश बहादुर के।सीले काठमान्डौ स्थित चुनावी अभियान तिब्र पारेका छन्।
के।सीलाई निर्वाचित गराउन गठित निर्वाचन परिचालन समितिको बैठक निर्बाचन समिति संयोजक एवं नेपाल अडिटर्स एसोसियसन (अडान) केन्द्रीय समितिका प्रथम उपाध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा अडान अध्यक्ष मोहन राज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल, बरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेल र उमेदवार केश बहादुर के.सी.ले आ–आफ्नो धारणा राख्दै संगठनले बिधिसम्मत रुपमा गरेको निर्णय बमोजिम अडानले निर्वाचनमा प्रस्तुत गरेका चारै जना उम्मेदबारलाई जिताऊने लक्ष्य रहेको बताए ।
उम्मेदवार केश बहादुर के.सी. ले अडानले अघि सारेका थाति रहेका पेशागत मागहरु पूरा गर्न सशक्त भूमिका निर्बाह गर्ने र सबै रजिष्टर्ड अडिटर्सहरूको सामुहिक भाबना र आकांक्षाको प्रतिनिधित्व गर्दै काम गर्ने प्रतिबद्धता समेत जनाएका थिए। उक्त बैठकमा समितिमा रहेका उपत्यका भित्रका अगुवा लेखापरीक्षकहरुको उपस्थिती थियो । कार्यक्रममा उपाध्यक्ष डोल प्रसाद दाहालले स्वागत र सचिब प्रेम बहादुर श्रेष्ठले संचालन गरेका थिए ।

अडानले सर्बसम्मत रुपमा प्रस्तुत गरेका चार जना उम्मेदबारहरु मध्ये तोकिएको क्षेत्रहरु काठमाडौं महानगरपालिका वडा नम्बर १, २, ३, ४, ५ र ३१ तथा पोष्ट बक्स ठेगाना रहेका रजिष्टर्ड अडिटर्स मतदाताहरुले केश बहादुर के.सी. लाई मत संकेत १ प्रदान गर्न र अन्य उम्मेदबारहरुलाई २, ३ र ४ मत प्रदान गर्न अडानका प्रथम उपाध्यक्ष बद्री प्रसाद भट्टराईले सबै मतदाताहरुलाई आग्रह गरेका छन् ।
काउन्सिलमा १७ सदस्य हुन्छन् । जसमा चार्टड एकाउन्टेन्ट १० जना, रजिष्टर्ड अडिटर ४ जना र ३ जना नेपाल रकारले नियुक्त गर्ने प्रावधान छ । काउन्सिलमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा अडानका तर्फबाट ४ जना र ५ जना स्वतन्त्र उम्मेदवार छन् ।




Comments are closed.