कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओमा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

शनिबार बसेको बैंक सञ्चालक समिति (बोर्ड) को बैठकले गुरुङलाई सीइओमा नियुक्त गरेको हो। नवनियुक्त सीइओ गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्नेछन्।

यसअघि सीइओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीमध्येबाट गुरुङलाई सीइओ बनाउने निर्णय बोर्डले गरेको थियो।

footwear zone

गुरुङसँग बैंकिङ क्षेत्रमा साढे २ दशक बढी काम गरेको अनुभव छ। गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। हिमालयन बैंकमा एक दशक काम गरेका उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरेका थिए ।

ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि गुरुङले नायब महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए। उनले मेगा बैंकमा साढे २ वर्ष काम गरे। त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीइओ भएर काम गर्नका साथै सिभिल बैंकको सीइओ समेत बनेका थिए ।

 

You might also like

Comments are closed.