काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलोपटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न उक्त योजना ल्याएको हो ।
अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरूलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्न र उनीहरूलाई महिन्द्रा सवारी साधनका मालिक बन्न उक्त योजनाले सहज बताउनेछ । कम्पनीका अनुसार सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ ।

फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुनेछ ।र, यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्नेछ । यो योजनामा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा हुनेछ, जसको उद्देश्य ग्राहकहरूको भार कम पार्नु हो । यो योजना नेपालभर लागू हुनेछ ।
अग्नि हायर पर्चेजको बारेमा
अग्नी हायर पर्चेज प्रा.लि. अग्नी ग्रुपको सहायक कम्पनी हो जसको स्थापना सन् २०१४ मा भएको थियो । यस अग्नी हायर पर्चेज प्रा.लि. ले नेपाली बजारमा उपलब्ध सम्पूर्ण प्रकारका कृषि, औधोगिक, व्यवसायीक वा व्यक्तिगत प्रयोजनका नयाँ तथा पुराना सवारी साधनहरु, मेशिनरी औजारहरु तथा उपकरणहरु खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी कर्जा प्रदान गर्दछ । यो कम्पनी नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजतपत्र प्राप्त सस्थां हो ।





Comments are closed.