प्रवक्ता घिमिरे भन्छन्, ‘कृषिमा वैदेशिक लगानी आवश्यक छ’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको स्पष्टोक्ति दिएका छन् । सरकारले प्रतिनिधिसभा भङ्ग भएकै अवस्थामा सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि वैदेशिक लगानी आवश्यक हो वा होइन भन्ने चर्चा चलिरहेकै अवस्थामा सरकारको तर्फबाट सो धारणा राखेका हुन् ।

एशोसिएशन अफ नेपाली अग्रीकल्चर जर्नालिष्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासंघ, नेपालले काठमाडौँमा आयोजना गरेको बहस कार्यक्रममा प्रवक्ता घिमिरेले सम्बन्धित सरोकारवालासँग यथेष्ट बहस र गृहकार्यपछि मात्र वैदेशिक लगानी भित्र्याइने जानकारी दिए ।

सरकारले डेरी उद्योग, पशुपन्छी, मत्स्य, तथा मौरीपालन, फलफूल, तरकारी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) खुला गर्ने निर्णय पुस २० गतेको नेपाल राजपत्रमा प्रकाशित गरेको छ । सरकारको उक्त निर्णय कार्यान्वयनमा आए प्रत्यक्ष वा अप्रत्यक्षरुपले झण्डै ६६ लाख सरोकारवालाले बहुर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

footwear zone

डेरी उद्योग संघका महासचिव प्रह्लाद दाहाल, राष्ट्रिय किसान आयोगका प्रवक्ता रवीन्द्र केसी, गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगततर्फका संयोजक अरनिको राजभण्डारीले बहुसंख्यक किसानको हितमा हुने गरी वैदेशिक लगानी भित्र्याउनुपर्ने बताए ।

You might also like

Comments are closed.