रामपुर । रैनादेवीछहरा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका ५० भन्दा बढी किसानलाई कृषिजन्य सामग्री सहयोग गरेको छ ।
५० प्रतिशत अनुदानमा मौरीको घार, खाल्डो खन्ने मेसिन, डिजिटल तराजु, मल्चीङ्ग प्लास्टिक, प्लास्टिक टनेल, थोपा सिँचाइ पाइपलगायतका सामग्री सहयोग गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानलाई व्यावसायिक बनाउन र पालिकाको समृद्धिका लागि कृषिका कार्यक्रममा जोड दिएका छन् ।

आगामी वर्षको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएर कृषकलाई प्रोत्साहन गर्नेसमेत बताए । कृषिलाई उत्पादनमुखी बनाउन कृषकलाई आवश्यक पर्ने बीउविजन, प्राविधिक सहयोग, औजार उपकरण सहयोगदेखि तालिमसम्मको व्यवस्थापन गरी अघि बढ्ने पालिकाले जनाएको छ ।




Comments are closed.