नाडा इभी एक्स्पोमा ‘आइमा टिगर एस ५’ खरिद गर्दा विशेष अफर

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपस्थित इभी एक्स्पोमा इलेक्ट्रिक स्कुटर ‘आइमा’ खरिदमा ग्राहकले विशेष छुट पाउने भएका छन् । असोज ६ देखि ९ गतेसम्म संचालन हुने नाडा इभि एक्स्पोमा स्टल नंवर D11मा गएर स्कुटर खरिद गर्दा तथा बुकिङ गर्दा ग्राहकले विशेष छुट पाउनेछन् ।

फ्लाइटमा १० हजारु रुपैयाँमा एक्स्पो अफर अन्तर्गत थप ४ हजार रुपैयाँ छुट प्रदान भइरहेको नेपालको आधिकारिक बिक्रेता हिमाल इभी मोटर्स प्रालिले जनाएको छ । काठमाडौंको त्रिपुरेश्वरमा आइमाको शोरुम छ ।

नगद छुटसहित हेलमेट फ्रि, फ्रि विण्ड चिटर ज्याकेट, १ वर्षको रोड ट्याक्स फ्रि, १ वर्षमा ४ पटकसम्म सर्भिसिङ फ्रि लगायतका अफर छन् । यो स्कुटर नेपाली बजारका लागि उपयुक्त विद्युतीय स्कुटर रहेको र राम्रो डिजाइन तथा सशक्त विशेषताहरूको रहेको हिमाल इभीका सञ्चालक एवं आइटी इन्जिनियर गौरव बजाजले बताए ।

footwear zone

कम्पनीले नेपाली बजारमा चारवटा मोडलमा इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । विद्युतीय स्कुटरमा प्रिमियम ब्राण्ड नेपाली बजारमा भित्र्याउन आफूहरु सफल रहेको उनले बताए ।

नेपालभर इ स्कुटर बिक्री गर्ने र बिस्तारै एसेम्बली प्लान्ट पनि सुरु गर्ने आफ्नो योजना रहेको उनले बताए । ‘अबको बजार इभीमै छ । इन्धन खपत घटाउन र ऊर्जा खपत बढाउन पनि इभीको प्रयोग बढाउनुपर्छ,’ बजाजले भने ।

चीनमा बिजुलीका दुई पाँग्रे सवारीसाधन बिक्री गर्ने नम्बर एक ब्राण्ड मध्येमा आइमा पर्छ ।

You might also like

Comments are closed.