पोखरा । पोखराको लेकसाइडस्थित नारेश्वरचोकमा आँखी झ्याल भान्छा घर सञ्चालनमा आएको छ । महिला उद्यमी रोजी श्रेष्ठले भान्छा घर सञ्चालनमा ल्याएकी हुन् ।
लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मनबहादुर रोकाले हालै एक कार्यक्रमबीच भान्छाघरको उद्घाटन गरेका हुन् । भान्छाघरमा नेपालीपनमा नेपाली खाना तथा खाजा खुवाइने व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले बताइन् ।
‘लोकल खाना, ढिँडो लगायत ग्राहकको चाहना अनुसार खाना तथा खाजा खुवाइनेछ,’ उनले भनिन् । एकैपटकमा ८० जनासम्मलाई खाना खुवाउन सक्ने क्षमता छ ।

भान्छाघरमा ६० जना क्षमताको र १५ जना क्षमताको २ वटा हल छन् । ‘मिटिङ तथा सेमिनारका लागि हल उपयुक्त छ,’ उनले भनिन् । भान्छा घरलाई नेपालीपन झल्काउने आँखी झ्यालको साथमा आर्टहरुले सिंगारिएको छ ।






Comments are closed.