दुई महिनामा नेपालबाट ९१ करोड ६७ लाखको अलैँची निर्यात

काठमाडौं । नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० मा ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा उक्त मूल्यको अलैँची निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट विदेशतर्फ ११ लाख २५ हजार ९५० किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात भएको सबै अलैँची भारततर्फ निर्यात भएको छ ।

footwear zone

त्यस्तै, यस अवधिमा नेपालबाट ९ करोड ६० लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ। नेपालबाट दुई महिनाको अवधिमा २९ लाख ५९ हजार किलोग्राम अदुवा निर्यात भएको विभागले जनाएको छ।

You might also like

Comments are closed.