अल्फा हेल्थ केयर र नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरबीच छुट सम्झौता

काठमाडौं ।  नयाँ बानेश्वरको बुद्धनगरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर र नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरबीच छुट सम्झौता भएको छ ।

अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर र नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरबीच सोमबार ल्याब परीक्षणमा‌ विशेष छुट सम्झौता भएको हो ।

अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरका बजार व्यवस्थापक अस्मिता पराजुली र नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरका चिराग गोयलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

footwear zone

बजार व्यवस्थापक अस्मिता पराजुलीले पिसिआर परीक्षण, एन्टिजेन, ल्याव परीक्षण, जनरल स्वास्थ्य, औषधि,फोन परामर्श, डाक्टर परामर्शमा विशेष छुटको लागि सम्झौता भएको बताएकी छन् ।

You might also like

Comments are closed.