सुन्दर घरको सपनालाई वास्तविकतामा परिणत गर्दै अल्ट्रा इन्टेरियो

दीपा रेग्मी, काठमाडौं । हरेको मानिसको अनेक सपना हुन्छ । सपना नहुने मान्छे विरलै होलान् । सामान्य मानिसदेखि सम्पन्न मानिसको एक सपना हुन्छ, त्यो के भने एउटा सानो घर होस् दुई छाक मिठो खान पाइयोस् । खुसियाली र सुखीयाली जिवन जिउन पाइयोस् भन्ने सपना सबै मानिसको हुन्छ ।

सपना देख्नु स्वभाविक कुरा हो । त्यो सपना पूरा गर्न निकै संघर्ष गर्नुपर्ने हुन्छ । घर, आफ्नो बासस्थान जहाँ मानिसले आफ्नो दिनभरीको पीडा भुलेर बस्न सक्छन् । जहाँ मानिसलाई आनन्दको आभाश हुन्छ । यस सुखको माहोललाई राम्रो, सुन्दर र आकर्षक बनाउने हरेकको चाहना हुन्छ । जीवनभर कमाएको सम्पत्ती खर्चिदा पनि उसले आफूले सोचेको जस्तो घर नबन्न सक्छ । त्यसैले पछिल्लो समय मानिसहरुले घर बनाउँदा धेरै कुराहरु सोचेर बनाउने गरेका छन् । बाहिरी संरचनाहरुलाई मात्रै नभई आन्तरिक सजावटलाई पनि विशेष ध्यान दिने गरेको पाइन्छ ।

विशेषतः घर, अपार्टमेन्ट, होटेल, रेष्टुरेन्टले आफ्नै पहिचान झल्कने डिजाइन गरेको हामीले देख्ने गरेका छौं । घरदेखि कार्यालयको आन्तरिक अर्थात् भित्री सजावटमा कसरी राम्रो लुकआउट दिन सकिन्छ, भनेर यसमा धेरैले विशेषज्ञको सहयोग लिने गरेको पाइन्छ । अंग्रेजीमा इन्टेरियर डिजाइनिङ भन्ने शब्द नेपालीमा घर वा कोठाको भित्री सौन्दर्यसँग सम्बन्धित विषय हो । इन्टेरियर डिजाइनरले फर्निचर सजावट, उपलब्ध स्पेसको सही प्रयोग, कार्पेट, मार्बल, सिलिङ, भित्ताको रंग आदिको प्रयोगजस्ता कुरालाई ध्यानमा राखेर काम गर्छन् ।

footwear zone

अहिले बजारमा इन्टेरियर डिजाइनमा काम गर्नको लागि धेरै कम्पनीहरू खुलेका छन् । त्यस मध्य पनि विगत १२ वर्षदेखि इन्टेरियर डिजाइमा काम गर्दै अएको कम्पनी हो अल्ट्रा इन्टेरियो । २०६७ सालमा स्थापना भएको कम्पनी अहिलेसम्म निरन्त्तर ग्राहकको सेवामा लागेको छ । यो अग्रणी र विश्वसनीय इन्टेरियर डिजाइन कम्पनीका रुपमा चिनिन्छ । साथै समसामयिक डिजाइन र चीनमा निर्मित व्यावसायिक फर्निचर, घरको फर्निचर, औद्योगिक प्रकाश र घर सजावटका सामानहरू उपलब्ध गराउने व्यापारिक कम्पनीका रुपमा परिचित छ अल्ट्रा इन्टरियो ।

 

त्यस्तै गुणस्तरीय सेवाहरू, उत्पादनहरू र अनुभवी विशेषज्ञहरूको टोली रहेको यो कम्पनीले धेरैको सुन्दर घरको सपनालाई वास्तविकतामा परिणत गर्ने काम गदै आएको छ । अल्ट्रा इन्टरियोकी सिनियर इन्टेरियर डिजाइनर दीपीका घिमिरेका अनुसार बेडरुम, किचन, चिल्ड्रेन रुम कस्तो, कत्रो र कहाँ उपयुक्त हुन्छ ? झ्याल–ढोकाको आकार, उचाइ, स्थानलगायत बत्ती राख्ने स्थान आदिमा विशेष ध्यान पु¥याउनुपर्छ । साथै पछिल्लो समय नयाँ घरमा मात्र होइन, पुराना घरलाई समेत इन्टेरियर डिजाइनिङमार्फत नयाँ जस्तै स्वरूपमा उतार्न थालिएको छ । सानो बजेटमा पनि सामान्य घरलाई सुन्दरता प्रदान गर्न सकिने उनि बताउछिन् ।

त्यस्तै इन्टेरियर डिजाइन गर्दा वास्तुशास्त्रमा पनि विशेष ध्यान दिइन्छ । घिमिरेका अनुसार आधुनिकीकरण तथा मानिसको जीवनस्तरमा आएको सुधारका कारण सामान्य परिवारले पनि घरको सुन्दरतामा चासो दिन थालेका छन् । यसका लागि सुहाउँदो बजेटअनुसारका सामग्रीतर्फ मानिसहरूको आकर्षण बढिरहेको छ । उनले भनिन्, ‘इन्टेरियर डिजाइनरहरूले घरको पहिलेको स्वरूपलाई नै कायापलट गरिदिने मात्र होइन, कोठाको आकार, उचाइ, बनावट आदि विषयमा गहिरिएर अनुसन्धान गरी सुहाउँदो तरिकाबाट सुन्दरता छर्ने काम गरिन्छ ।’

इन्टेरियर डिजाइनको हिजोभन्दा आज झन् यसको माग बढ्दो छ । होटेल, हस्पिटल र अपार्टमेन्टका साथसाथै मानिसले आफ्नो साधारण घरको भित्ता पनि कलात्मक बनाउन रुचाइ रहेका छन् । अल्ट्रा इन्टरियो सञ्चालक श्री खनालका अनुसार जसरी आधुनिक फेसनका लुगामा बुट्टा भरेर, नयाँनयाँ शैलीमा कट आउट गरेर डिजाइनमा लुक दिइन्छ, त्यसरी नै घरका सादा र रंगविहीन भित्ता, सिलिङ र रुमको बनावट इन्टेरियर डिजाइनमार्फत नयाँ रूप दिइन्छ ।
यो कला एक डिजाइनरको कल्पना शक्ति र सिर्जनशीलतामा आधारित हुन्छ । ’इन्टेरियर डिजाइनरले सजाउँदा आकर्षक हुन थालेपछि सेवाग्राहीले आफू बस्ने कोठा मात्र होइन किचन, बाथरुम, घरको बरन्डादेखि लिएर बगैंचासम्म सजाउने काम पनि गर्ने गरेका छन्,’ सञ्चालक खनालले भने, ’पछिल्लो समय मानिसको यो प्रती चासो बढेको छ । कर्पोरेट हाउस, हस्पिटल तथा रेस्टुराँहरू पनि डिजाइन गराउने ट्रेण्ड प्रारम्भ भएको छ । मानिसहरूको बुझाइमा इन्टेरियर डिजाइनिङ गर्दा धेरै खर्च लाग्छ तर, खर्च धेरै लाग्छ भनेर आत्तिइहाल्नु पर्दैन ।’

त्यस्तै, उनले भने, ’समान्य खर्चलाई नै हामीले व्यवस्थापन गर्ने हो । हजुरहरुले घरमा आफू बस्नको लागि चाहिने समानको अरुबेला पनि किन्नु हुन्छ त्यही समानलाई हामीले व्यवस्थापन गरेर आकर्षणरुपमा प्रस्तुत गर्ने मात्र हो, त्यस्ले त्यस्तो ठुलो खर्च आउँदैन् ।’ मनिसले नबुझेर बढी खर्च लाग्ने गरेको बताएको खनाल बताउँछन् ।

‘यसका लागि अल्ट्रा इन्टरियो रोज्न सकिन्छ, कम लागतमा अल्ट्रा इन्टरियो सबै सम्भावित ग्राहकहरूलाई उनीहरूको आवश्यकताहरूमा आधारित ग्राहकको सन्तुष्टिलाई हामीले विशेष ख्याल गर्छौं । त्यति मात्र होइन, हामी तपाईंलाई दिइएको समय सीमाभित्र उत्कृष्ट कस्टम डिजाइनहरू उपलब्ध गराउने ग्यारेन्टी पनि दिन्छौं, उनले भने । खनालले अल्ट्रा इन्टरियोमा पेशेवर डिजाइनरहरु रहेको बताए । साथै उनले आफूहरुको काम डिजाइनहरू पूरा भएपछि समाप्त नहुने बताउँदै परियोजना समाप्त गरेपछि पनि आफूहरुको काम जारी रहने बताए ।

You might also like

Comments are closed.