मकवानपुरको थाहा नगरपालिका खानि गाँउका अमिर बमजन बहुप्रतिभाशाली व्यक्ति हुन् । शारिरिक रुपमा अपांगता भएका उनको घाँटीदेखि तल्लो शरिरको भाग नचलेपनि विभिन्न प्रतिभा उनिसँग छन् ।
अमिरले आफ्नो जीवन संगिनी पुष्पा मगरको जिबनमा आधारित आफ्नै शब्द सङ्गीत र चर्चित गायिका एलिना चौहानको आवजमा ‘भाग्यले नै दिए पछि थाप्नु पर्दो रैछ आमा’ शिर्षकमा रहेको गीतको भिडियो आफ्नै अमिर बमजन च्यानलबाट सार्बाजानिक गरेका छन् । आमा, यो मनले के भन्छ, हारेको छैन, माया भन्ने, घुम्न आउदै, जस्ता गीत आफ्नै स्वरमा बजारमा ल्याइर्सकेका अमिरले हालै रचना गरेको आफ्नो जिवन संगीनिको भोगाईमा आधारीत गित चर्चित गायिका एलिना चौहानको स्वारमा बजारमा ल्याएका छन् ।
उनि अहिले अपांगता भएका ब्यक्तिहरुको लागि समेत प्रेरणा र हौसालाका पात्र समेत बनि सकेका छन् । जसले अपांगता भएका ब्यक्ति तथा उनिहरुको क्षमतालाई समाज र राज्यले उचितले अबसर दिनु पर्छ भन्ने कुरालाई थप उजागर गरेको छ ।

उनिसँग रहेको प्रतिभा प्रस्फुटनको सारथि बनेर पुग्यो करुणा फाउण्डेसन नेपाल । करुणा फाउन्डेसन नेपालमार्फत मेरो जिन्दगी भोग्ने घुम्ति नै मोडियो जस्तै म गितकार, गायक, चित्रकारको रुपमा चिन्न पाएको छु । २०७२ सालको भुकम्पमा तड्पिरहेको बेला सायद करुणा फाउन्डेसन नेपालनआएको भए मेरो घर पनि बन्ने थिएन जिन्दगी पनि राम्रो तरिकाले चल्ने थिएन, उनि भन्छन् । करुणा बाट पनि अमिरको तिन पल्ट पेन्टिङ प्रदर्शन भैसकेको उनि बताउँछन् ।
समाजले हेर्ने दृष्ट्रिकोण र जीवन भोगाईको तिता मिठा कथा पुष्पा र अमिरले जीबनमा भोगेको पिडाहरूको सङ्गालो समाज घात प्रतिघातको दस्तावेज भाग्यले नै दिएपछि एक उदाहरणिय यथार्थ कथाको गित भिडियो भन्न रूचाउने अमिर अपाङ्गता भएकाहरूलाई माया साथ संगै नारिहरूलाई सधै सम्मान गर्नुपर्छ श्रीमान भईसकेपछि आफ्नो श्रीमतिको मर्म बुझ्न सक्ने अमिरले समाजले गरेको तिरस्कार,अपहेलना,कुरा काट्ने आफन्त समाजलाई चुनौति दिन र जीबन सङ्गिनिको भित्रि मन भावनालाई बुझेर नै गीत कोरेको बताउँछन् ।
धेरै गित लेखनसंगै नेपालका राम्रा राम्रा सङ्गितकारहरूको सङगितमा गित रेकर्ड आमा, माया बोल लगायत धेरै गित रेकर्ड गरेपनि जीबन सङ्गिनिको कथामा तयार गित भाग्यले नै दिए पछि गित रेकर्ड भिडियो बनाउनु अमिरको सपना थियो यहि सपना पूरा गर्ने एउटा माध्यम बनिदियो टिकटक लाईभ ।
अमिरको ट्यालेन्ट कला प्रतिभा हिम्मत उनलाई माया साथ दिने श्रीमतीको स्वच्छ व्यवहार र एक मुना मदन झै जोडिको दृष्य टिकटकमा स्वदेस तथा बिदेशबाट हेरेर आफ्ना भ्युयर्सहरूले साथ दिन थाले गीतको भिडियोको लागि। अमेरिकामा रहेका प्रितम तामाङ, गेलु शेर्पाको ठुलो सहयोग संगै आफ्नो टिकटक फेमेलि सपोटरहरू बाट उठेको रकमले गित भिडियो निर्माण संगै आफ्नो सपना पूरा भएको बताउने अमिर आफुलाई भाग्यमानी ठानेता पनि सहयोगिहरूको त्यो ऋण कहिले तिरी सक्नेहोला भनी बेला बेला भाबुक बनी सडक छेउ एउटा सानो टहरो बनाई आफ्नो श्रीमती पुष्पाको लागि पसल खोलि दिन पाए अझ अर्को सपना पूरा हुने बताउँछन् अमिर।




Comments are closed.