आँबुखैरेनीमा बहुउद्देश्यीय भवनको शिलान्यास

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको पाँच तले बहुउद्देश्यीय भवनको आज शिलान्यास गरिएको छ । उक्त भवनको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

भवनको कूल लागत रु १३ करोड ७४ लाख एक हजार ७८१ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । गाउँपालिकाको नाममा रहेको ४९३.५८ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो । भवन पाँच तलाको बनाउने लक्ष्य रहे पनि पहिलो चरणमा तीन तलाको निर्माण गरिने बताइएको छ ।

पहिलो चरणामा रु दुई करोड ३९ लाख ८८ हजार ७७८ विनियोजन गरिएको छ । उक्त भवनको जिम्मा श्री ज्ञान ज्योति विल्डर्स प्राली काभ्रेले पाएको छ । विसं २०७९ कात्तिक १५ गतेभित्रमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।

footwear zone

त्यसैगरी आव ०७५/०७६ मा गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्य शुरु गरेको थियो । उक्त भवनको पहिलो चरणमा छिम्केश्वरी निर्माण सेवा आँबुखैरेनीले पाएको थियो । उक्त निर्माण कम्पनीलाई गाउँपालिकाले रु एक करोड १७ लाख ६७ हजार ३५४ भुक्तानी गरेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी दोस्रो चरणमा आव ०७७/०७८ मा सिजल कन्सक्ट्रसन जेभीले कामको जिम्मा पाएको थियो । सम्झौता २०७६ माघ २१ गते सम्झौता गरी २०७८ साउन २१ गते निर्माण सम्पन्न हँुदैछ । उक्त निर्माण कम्पनीले रु एक करोड ९१ लाख १० हजार ११२ मा सम्झौता गरेको थियो । उक्त भवन ३२३.२२ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको हो ।

 

 

You might also like

Comments are closed.