जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र पहिलो शर्तः अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र पहिलो शर्त रहेको बताएका छन् । जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रका लागि योजना र भिजनसहित आफू र आफ्नो समूहले महासंघमा उम्मेदवारी दिएको श्रेष्ठले बताएका छन् ।

‘आफूप्रति विश्वास राखेर पूर्ण योजनासहीत काम गर्ने हो भने नेपालको अर्थतन्त्रको पुनर्संरचना सम्भव छ र त्यो गर्नैपर्छ,’ उनले भनेका छन्, ‘यसको जग बसाल्न पनि उद्योग वाणिज्य महासंघसँग व्यवहारिक योजना, सक्रिय नेतृत्व र सामुहिक भावना चाहिन्छ ।’ आफू र आफ्नो टिमसँग उक्त भावना र योजना रहेको उनले बताए ।

जीवन्त, जिम्मेवार, जोसिलो निजी क्षेत्रको स्थापना आफूहरुको लक्ष्य रहेको बताउँदै उनले भने, ‘यो लक्ष्य प्राप्ति गर्न अधिकतम छलफल, सामुहिक भावना र सक्रियताको खाँचो पर्छ । त्यो पुरा गर्न म तयार रहेको वाचा गर्दछु ।’

footwear zone

नेतृत्वले बोल्दा सबैको प्रतिनिधित्व बोल्ने, सामुहिक उन्नति र प्रगतिको सम्भावना बन्ने उद्योग वाणिज्य महासंघको आवश्यकता रहेको समेत उम्मेदवार श्रेष्ठले बताए । ‘हामी त्यो आवश्यकता पुरा गर्न कुनै कसर बाँकी राख्ने छैनौँ । त्यसको लागि जीवन्त, जिम्मेवार, जोसिलो निजी क्षेत्र निर्माण गर्न हामीलाई मतदान गरि साथ दिनुहुन्छ भन्नेमा विश्वस्त छौँ । यो यात्रामासँगै हिडौँ ।’

You might also like

Comments are closed.