‘प्लसटु’का परीक्षार्थीलाई अन्नपूर्ण केबलकारमा ५०प्रतिशत छुट

पोखरा । पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारमा प्लस टुका परीक्षार्थि विद्यार्थीले ५० प्रतिशत छुट पाउने भएका छन् ।

कक्षा १२ को परीक्षा सकिएपछि लागु हुने गरी यो केबलकारले यो छुट योजना ल्याएको हो ।

जुन ९ देखि १७ सम्म यो अफर लागु हुने केबलकार प्रालिका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले जानकारी दिए ।

footwear zone

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले प्रवेश पत्रको आधारमा यो छुट प्राप्त गर्न सक्नेछन् ।

पोखराको सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको पौडेलले बताए ।

केबलकारको टप स्टेसन सराङकोटमा जिप फ्लायर, स्विइङ, स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतको सुविधा उपलब्ध छ ।

फेवाताल, पोखरा तथा आसपासको क्षेत्र क्षेत्र तथा हिमालय क्षेत्रको दृश्यावलोकन गर्दै केबलकारमा यात्रा गर्न सकिन्छ ।

You might also like

Comments are closed.