काठमाडौं । कुमारी बैंक लि. को कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट हुने भएको छ ।
कुमारी बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रा.लिबीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डर तथा कर्मचारलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिनेछ ।

अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो, जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आएको छ ।




Comments are closed.