काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र पोखरामा रहेको अन्नपूर्ण केबुलकारबीच ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौतामा उल्लेख भएअनुसार कामना सेवा विकास बैंकका ग्राहक तथा कर्मचारीहरुलाई डेबिट तथा क्रेटिड कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिए बापत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गरिने छ ।
सम्झौता पत्रमा कामना सेवा विकास बैंकका गण्डकी प्रदेश प्रमुख शिवकुमार ढकला र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

पोखराको सेदीदेखि सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ । अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो, जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आएको छ ।




Comments are closed.