पोखरा । पोखराको अन्नपूर्ण केबलकार प्रा.लि.को सेवामा सिद्धार्थ बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले सेवामा १० प्रतिशत छुट पाउने गरी दुई पक्षबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीनेश पौडेलले र बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार निर्माण भएको हो ।

दुई हजार १६५ मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ ।
केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।





Comments are closed.