काठमाडौं । अन्नपूर्ण केबलकार एक सातासम्मका लागि बन्द हुने भएको छ ।
केबलकारको नियमित मर्मत सम्भारका लागि भन्दै असार ३१ गतेदेखि साउन ६ गतेसम्म केबलकार सेवा बन्द हुने एक सूचनामार्फत जानकारी गराइएको छ ।
केबलकारको सेवा आगामी साउन ७ गते शनिबार बिहान ९ बजेदेखि ६ बजेसम्म नियमित सुचारु हुने जनाइएको छ ।

उक्त समयमा यात्रुहरुमा पर्न गएको असुविधाप्रति अन्नपूर्ण केबलकार प्रा.लि ले क्षमा मागेको छ ।




Comments are closed.