काठमाडौं । फिटनेस र स्पोर्टस्का सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलोपटक अफिसियल स्टोरको शुभारम्भ गरेको छ । एन्टाले नेपालमा स्पोर्टस् भेन्चर प्रा.लि. मार्फत औपचारिक बिक्री वितरण शुरु गरेको हो ।
काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलमा शनिबार महानायक राजेश हमालले शोरुमको उद्घाटन गरेका हुन् । महानायक हमालले आफू स्पोर्टस् र फिटनेसमा चासो राख्ने व्यक्ति रहेको बताउँदै एन्टा जस्तो अन्तर्राष्ट्रिय ब्राण्डले नेपालमा औपचारिकरुपमा बिक्री वितरण शुरु गर्नु उपभोक्ताका लागि खुसीको कुरा रहेको बताए ।
एन्टाको एक्स्क्लुसिभ स्टोरमार्फत लेडिज तथा जेन्सका जुत्ता तथा कपडादेखि फिटनेस तथा खेलकुदका सामग्री स्टोरमा पाइने स्पोर्टस् भेन्चरका संचालक विश्वास थोकरले बताए। थोकरले चाइनाको लिडिङ ब्राण्ड एन्टाले एसियाली बजारमा राम्रो पहिचान बनाएको भन्दै एन्टाको गुणस्तर र ब्राण्ड नेटवर्कको आधारमा उपभोक्ता ढुक्क हुने बताए।

औपचारिक बिक्री शुभारम्भको अवसरमा स्टोरमा १० प्रतिशत छुट तथा क्यास ब्याक अफर राखिएको उनको भनाई छ। सिभिल मलको अतिरिक्त लविङ मल र दरवार मार्गमा मल्टिपल ब्राण्ड स्टोरमा पनि एन्टामा उत्पादन राखिएको संचालक थोकरले बताए ।




Comments are closed.