‘अपरिचित अनुहार’मा परम्परा र नविनता

पोखरा । आख्यानकार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह ‘अपरिचित अनुहार’ माथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेलीयुवा साँस्कृतिक परिवारले आयोजना गरेको विशेष कार्यक्रममा कथा संग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सरुभक्तले पौड्याललाई बर्तमान समयका सिर्जनशिल, बुहआयामिकता भएको लेखकको रुपमा अथ्र्याए ।

पौड्यालको क्रियाशिलता र उर्जा देखेर आफु आश्चर्य परेको भन्दै सरुभक्तले उनकोे उर्जाको नमूनाको रुपमा ‘अपरिचित अनुहार’आएको बताए । ‘उनले जुनजुन क्षेत्रमा हात हालेका छन्, ती क्षेत्रहरुमा महत्वपुर्ण उपलब्धि हाँसिलको गरेको म महशुस गर्दछु’ सरुभक्तले भने । पौड्यालको शिर्षकथा अपरिचित अनुहार साहृै सुन्दर कथालागेको छ । उनको अभिव्यक्ती र कथा लेखनको शैलीमा नविनता भेटिन्छ । सरुभक्तले अपरिचित अनुहारलाई परम्परा र नविनताको सेतु भएको टिप्पणी गरे । नेपाली साहित्यको इतिहास प्रयोगात्मक भएको भएपनि प्रयोगबादको भूतलागेकाले जथाभावी लेख्ने गरेकोमा उनले असहमती जाहेर गरे ।

अन्तरक्रियाका प्रमुख वक्ता तथा समालोचक राजकुमार बानियाले पौड्यालको ‘अपरिचित अनुहार’माथी निर्मम समिक्षात्मक टिप्पणी गरे । बानियाले नेपाली लेखकहरु कथाको नाममा घटनाको मुचुल्का उठाउने बर्तमान समयमा पौड्यालले त्यसबाट बचेर नेपाली कथामा नयाँ दृष्ट्रि भित्रएको बताए । उनले विगतका मानकमा पुर्नविचार गरेको जिकीर गरे । साहित्यलाई पत्रकारीताले लिड गरेको भन्दै विशिष्ट लेखकका रुपमा उभिएर पौड्यालले कथामा जेथा थपेको बताए । समबेदना र अनुभुतिको कथा लेख्न खप्पिस कथाकार पौड्यालको लेखनमा धेरै सरलता भएको टिप्पणी गरे ।

footwear zone

अर्का वक्ताको रुपमा मञ्चमा उभिएका समिक्षक अशोक थापाले मान्छको समवेदना र पात्रले उठाएको भावनालाई आफ्नो भावनाको कक्टेलको रुपमाप्रयोग गर्ने स्र्माट कथाकारका रुपमा पौड्याललाई चिनाए । ‘महेश पौड्यालको व्यतिmगत संवेगलाई सार्वजनिक संवेगमा परिवर्तन गर्ने मेकानिजम जुन उनले कथामा प्रयोग गरेका छन्, त्यो साँच्चै एउटा फिक्सनभित्रको लिटेटरी डिभाइसमा एकदम स्मार्ट कथाकारले गर्ने कुरा हो ’थापाले भने । सेन्टिमेन्ट सबै भन्दा ठुलो कुरा भएको भन्दै थापाले ‘अपरिचित अनुहार’ले सेन्टिमेन्टालिजमको समाराज्य खडा गरेको बताए ।

उपस्थित पाठकको जिज्ञासालाई समेटेर कथाकार महेश पौड्यालले आफ्ना कुरा राखेका थिए । पौड्यालले घटनाहरुको मुचुल्का लेख्ने खतरा आफुमा पनि रहेको स्वीकार गदै लेखकले सदासर्वता म फरक हुँ भन्ने कुरा भनिरहुनु पर्ने र त्यो लेखनमा पनि परिलक्षित पार्ने बताए । पोखराकाविभिन्न सर्जक,साहित्यप्रेमीलाई व्यस्तताको समयमा पनि उपस्थित भएकोमा कथाकारले धन्यवाद व्यक्त गरे । शिखा बुक्सले प्रकाशन गरेको ‘अपरिचित अनुहार’ १८ वटा कथा छन् । पुस्तकको मूल्य २ सय ७५ रुपैयाँ रहेको छ । पौड्यालको यस अघि ‘फुलेन गोदावरी’ कथा संग्रह लगायतका कृति प्रकाशनमा आइसकेका छन् ।

परिवारका कोषाध्यक्ष अर्जुन अधिकारीले स्वागत गरेका थिए । अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए । पोखरेली युवा सांस्कृतिक परिवारले वि.सं. २०४७ सालमा साहित्यकार भूपि शेरचनको स्मृतिमा ‘भूपि स्मृति ग्रन्थ’ प्रकाशन गरेर प्रकाशन, बिमोचन,परिचर्चा कार्यमा संलग्न रहँदै आएको छ । पुस्तक प्रकाशन देखि पुस्तक परिचर्चा,बहस,अनुभब र अनुभुति कार्यक्रम प्रारम्भ गरेको यस संस्थाले हालसम्म पनि यो महत्वपूर्ण कार्यलाई निरन्तरता दिँदै आइरहेको छ । पोखरेली युवा सांस्कृतिक परिवारले हाल सम्म २ दर्जन भन्दा बढि कृतिहरू प्रकाशन गरिसकेको छ भने करिब १ दर्जन जति कृति माथी परिचर्चा,बहस कार्यक्रम गरिसकेको छ ।

पछिल्लो समय परिवारले चन्द्र घिमिरेको ‘काठको बाकस’,भोजराज न्यौपानेको ‘फाटेको जुत्ता’ र स्याम सिंघकको ‘रेमिटल्याण्ड’ माथी कार्यक्रम गरेको थियो । साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण” भन्ने मुल नाराका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको मात्रै नभइ देशकै साहित्य, कला र सङ्गीतको विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रि स्तरमा परिचित छ ।

You might also like

Comments are closed.