डेल्टा अटोकर्पले नेपालमा ल्यायो, ‘नयाँ अप्रिलिया एसआर १६०’

काठमाडौं । नयाँ अप्रिलिया एसआर १६० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लि.ले स्कुटर नेपाली बजारमा भित्र्याएको हो । भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवसरमा स्कुटरको बिक्री सार्वजनिक गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्कुटर सार्वजनिक गरेका हुन् । नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक इ–गेट इन्जिनले सुसज्जित छ । जसले सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल–टू–सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्वपूर्ण फाइदा दिने कम्पनीले जनाएको छ । आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६०, यसको उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित छ र यो राइडरहरूको रोजाइमा पर्ने स्कुटर हो ।

अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सिसी इन्जिन छ । यो मात्र ७.५ सेकेन्ड भित्रै ० देखि ६० किलोमिटर प्रति घण्टा सहजै जाने बताइएको छ । यो स्कूटर सहरी सडकहरुमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ । यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरूले पनि सुसज्जित छ । यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगले गर्दा यो शहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने छ ।

पियाग्जियो भेहिकल प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक डिएगो ग्राप्mफीले अप्रिलिया पियाग्जियो ग्रुपको प्रमुख ब्रान्ड रहेको र अप्रिलिया एसआरको रोमाञ्चक गति र उच्च गतिशिलताका कारण यो सडकमा रहेका अन्य सबै स्कुटरहरू भन्दा एक स्थान माथि रहेको बताए । ‘पियाग्जियोमा, हामी विश्वभरका ग्राहकहरूलाई नवीनतम र उच्च गुणस्तरको गतिशीलता समाधानहरू प्रदान गर्न प्रतिबद्ध छौं र हामी विश्वस्त छौं कि अप्रिलिया एसआर १६० ले आफ्नो प्रदर्शन, शैली र आधुनिक सुविधाहरूको मिश्रणले नेपाली राइडरहरूको मन जित्न सफल हुनेछ,’ उनले भने ।

footwear zone

पियाग्जियो भेहिकल प्रा.लि.एक्स्पोर्ट्सका उपाध्यक्ष धिरज त्रिपाठीले अप्रिलिया एसआर १६० लाई नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा ज्यादै उत्साहित रहेको बताए । ‘यस स्कुटरले आफ्नो अद्भूत प्रदर्शन र पृथक डिजाइनको कारणले विश्वव्यापीरूपमा प्रशांसा कमाउन सफल भएको छ । नेपालको विविध भूभागले गर्दा, नेपाल हाम्रो उत्पादनको लागि रोमाञ्चक बजार हो र हामी विश्वास गर्छौं कि अप्रिलिया एसआर १६० लाई नेपाली राइडरहरूले आफ्नो आकांक्षा अनुरुप नै पाउनु हुनेछ,’ उनले भने ।

डेल्टा अटोकर्प प्रा.लिका अध्यक्ष पुलकिट भिमसरियाले नेपालका उत्साही राइडरहरुका लागि अप्रिलिया एसआर १६० अल्याउन पाउँदा खुशी व्यक्त गरे । ‘यो स्कुटरले ईटालियन फ्लेयर र उत्कृष्ट इन्जिनियरिङको उदाहरण दिन्छ । हामी विश्वस्त छौं कि नयाँ अप्रिलिया एसआर १६० नेपालको स्कुटर बजारमा स्टाइल, पर्फरमेन्स र एडभान्स सुबिधाहरुको प्रतिक बन्नेछ,’ उनले भने ।

डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा सिइओ विजय कुमार महतोले यो स्कुटरले अरु भन्दा भिन्दै प्रदर्शन र प्रतिष्ठत डिजाइनका लागि बिश्वब्यापि रुपमा प्रशंसकहरुको संख्या कमायको बताए । उनले भने, ‘यस उत्पादनले नेपालका विविध भूभागहरुलाई समेट्ने छ र हामी बिश्वास गर्छौ कि अप्रिलिया एसआर १६० ले नेपाली राइडरहरुका आकांक्षालाई राम्रो संग प्रतिनिधित्व गर्नेछ,’ उनले भने ।

पियाग्जियो भेहिकल प्रा.लि.ले नेपाली ग्राहकहरू समक्ष स्कुटरलाई सहजै पु¥याउन र बिक्रीपछिको बृहत् सेवा सञ्जाल प्रदान गर्न नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक र आयातकर्ता डेल्टा अटोकर्प प्रा.लि मार्फत अप्रिलिया एसआर १६० को बिक्री गर्नेछ । अप्रिलिया एसआर १६० भारतबाट सीधै आयात हुनेछ । यो कालो, रातो, सेतो, निलो र खरानी रंगहरूमा उपलब्ध हुनेछ ।

यसैबीच, नाडा अटो शोमा यो स्कुटर प्रदर्शनीमा राखिएको छ ।

अप्रिलिया एक मोटरसाइकल ब्रान्ड हो, जुन उत्कृष्ट मोटरसाइकल बनाउनका लागि परिचित छ । इन्जिनियरिङ उत्कृष्टताको खोजमा कम्पनीले आफ्ना प्रशंसकहरूलाई उत्कृष्ट परिणामहरू प्रदान गरेको छ । हालैका वर्षहरूमा अप्रिलियाले स्कूटर र मोटरसाइकल वर्गमा पियाग्जियो समूहको प्राविधिक साइनपोष्ट बन्ने गरी आफ्नो उत्पादन दायरालाई पूर्ण रूपमा परिमार्जन गरेको छ । रोड रेसिङ विश्व च्याम्पियनसिपमा २९४ ग्राण्ड प्रिक्स दौड जितेर अप्रिलियाले मोटरसाइकल प्रतियोगिताको इतिहासमा कुनै पनि युरोपेली निर्माताको अत्यधिक जितको कीर्तिमान राख्न सफल भयो । जसमा ५५ प्रभावशाली विश्व उपाधिहरू समावेश छन् ।

You might also like

Comments are closed.