आरम्भ चौतारीको प्रमुख कार्यकारीमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

 

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत पदमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ । सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण विकासमा स्नाकोत्तर गरेका छन् र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव उनिसँग छ । कार्यक्रममा अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे । निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्धि विकासमा सदैव आपूmले सहयोग गर्न तयार रहने बताए ।

footwear zone

हाल संस्थाले सात प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालयमार्फत ८७ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८ हजार ऋणीमार्फत रु चार अर्व ७८ करोड कर्जा लगानी र रु एक अर्व ३६ करोड निक्षेप सङ्कलन गरेको छ ।

 

You might also like

Comments are closed.