अरनिको राजमार्गको साँगा सडकखण्ड अवरुद्ध

काभ्रेपलान्चोक । सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले बिहिबार अरनिको राजमार्गअन्तर्गत काठमाडौं उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध गरेका छन् ।

बनेपाबाट साँगातर्फ मोटसाइकलमा गइरहेका बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको सवारी साधानको ठक्करबाट बुधबार राति मृत्यु भएपछि दोषी पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयवासीले बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका हुन् ।

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधानमा राजधानी जाने तथा काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा मध्यपहाडी क्षेत्रहुँदै पूर्वी तराई जाने यात्रु अलपत्र परेका छन् ।

footwear zone

राति १० बजेतिर एक सवारी साधनको ठक्करले तामाङको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कोइरालाले बताए । रातको समयमा ठक्कर दिनेसवारी साधानकोे खोजी कार्य भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहको उनले जानकारी दिए ।

You might also like

Comments are closed.