पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने तयारीमा पोखरेल

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी दिने भएका छन् । उनले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आइतबार पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा हुने पोखरेलले जानकारी दिए । संघको ३४औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदैछ ।

पोखरेल बर्तमान कार्यसमितिमा वाणिज्य तर्फको उपाध्यक्ष छन् ।

footwear zone

संघमा कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै उनी वाणिज्य उपाध्यक्षमा भएका हुन् ।

सम्पूर्ण उद्योगी, व्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने पोखरेलले बताएका छन् । आफूले संघमा निरन्तर संघर्ष गरेर काम गरिरहेको बताउँदै पोखरेलले सबैको साथबाट अध्यक्ष बन्ने विश्वास व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.