काठमाडौं ।
नेपाल प्रहरीले चोरीका २० मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले चोरीका २० मोबाइलसहित बारा निजगढका २२ वर्षीय विरस मगर, १८ वर्षीय समीर तामाङ र खोटाङ बतासेका १९ वर्षीय भीम राईलाई बुधबार राति पक्राउ गरी बिहीबारसार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेश बस्नेतले मोटरसाइकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोबाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेको मोबाइल लुटेर भाग्ने गरेको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग २० थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




Comments are closed.