लागूऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ

 

इनरुवा । ब्राउन सुगरसहित पक्राउ परेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार सार्वजनिक गरेको छ ।

इनरुवा–४ स्थित बसपार्कबाट सोमबार राति लागूऔषध ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का २० वर्षीय इनरकुमार मुखिया, १९ वर्षीय रमेश मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ वर्षीय विनोदकुमार कामत र कार चालक तिलाठी कोलारी–४ का २२ वर्षीय फुलकुमार मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

footwear zone

विशेष सूचनाका अधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पश्चिमबाट आउँदै गरेको बा१४च ६१४५ नंको कारलाई जाँच गर्दा उनीहरुका साथबाट लागूऔषध ब्राउन सुगर एक सय ३० ग्राम फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पक्राउ परेका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.